Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिनाको आरोप

रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिनाको आरोप

  • बिहिवार, पौष २३ २०७७

  • 1.3K
    SHARES

  • रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिनाको आरोप

    काठमाडौं । नेकपाको ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।

    रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको प्रदेश इन्चार्ज लेखराज भट्टले बताउनुभएको छ । रावललाई प्रदेशले कार्बाही गर्न नमिल्ने हुँदा केन्द्रलाई सिफारिस गरिएको उहाले जानकारी दिनुभएको छ । नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।

    तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

    नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् ।

    ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।


    बिहिवार, पौष २३ २०७७१०:२९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij