काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाउनुभयो ।
नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताउनुभयो । भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिनुभयो । ‘केपी ओली राजनीतिक क्यान्सर हो ।
राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’, उहाँले भन्नुभयो पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई तेस्रो आरोप पनि लगाएका छन् । उनले ओलीलाई बाह्य शक्तिको मतियार भएको बताउनुभयो ।
भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो । तर, त्यसका लागि केपी ओलीलाई प्रचण्ड–माधव समूहले कमिटीबाट ननिकालेको आशंका भएको उहाँको भनाइ छ ।