Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्व बैंकले फेरि भन्यो, ‘नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत् मात्र’, तर यस्तो छ सरकारी दाबी

विश्व बैंकले फेरि भन्यो, ‘नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत् मात्र’, तर यस्तो छ सरकारी दाबी

  • बुधवार, पौष २२ २०७७

  • 735
    SHARES

  • विश्व बैंकले फेरि भन्यो, ‘नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत् मात्र’, तर यस्तो छ सरकारी दाबी

    काठमाडौं । सरकारले चालु अर्थिक वर्षमा ७ प्रतिशत्को हाराहारी आर्थिक वृद्धिदर कायम हुने दाबी गर्दैगर्दा विश्व बैंकले भने ०.६ प्रतिशत्मै सीमित रहने पुनः दोहो¥याएको छ ।

    मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आवमा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत् रहने जनाएको हो ।

    यसअघि विश्व बैंकले गत चैतमा समेत यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत् मात्रै रहने प्रक्षेपण गरेको थियो । विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशत्ले नकारात्मक रहने छ ।

    बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हाँसिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशत्को आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

    पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत् रहने भएको छ ।

     


    बुधवार, पौष २२ २०७७०२:०५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij