Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ असन्तुष्ट

कोरोनाको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ असन्तुष्ट

  • बुधवार, पौष २२ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ असन्तुष्ट

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्याधिक निराश भएको बताएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले यसबारे कुरा गर्दै भनेका छन्, ‘हामीहरु निकै निराश छौं किनभने चीनले अहिलेसम्म पनि कोरोना महामारीको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको समूहलाई देशमा आउन अनुमति दिएको छैन ।’

    जनवरीको सुरुवातमा नै विशेषज्ञको समूह एक वर्ष अघि कोरोना संक्रमण कसरी सुरु भएको थियो, यसबारे पत्ता लगाउनका लागि ऊहान जाने तयारीमा थियो ।

    जिनेवामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीले थाहा पाएका छौं कि चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ पुग्न समूहका लागि आवश्यकत अनुमतिमा सहमति दिएको छैन ।

    म लगातार चीनका वरिष्ठ अधिकारीको सम्पर्कमा रहँदै आएको छु र मैले स्पष्ट रुपमा भनिसकेको छु कि मिशन डब्ल्यूएचओका लागि प्राथमिकतामा छ ।’


    बुधवार, पौष २२ २०७७०६:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij