Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री माघ १ मा दिल्ली जाने

संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री माघ १ मा दिल्ली जाने

  • बुधवार, पौष २२ २०७७

  • 874
    SHARES

  • संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री  माघ १ मा दिल्ली जाने

    काठमाडौं । परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ ।

    माघ २ मा हुने आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ मा नयाँदिल्ली जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिनको भ्रमणसमेत तय भइसकेको छ ।

    गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्ने तय भएको हो ।

    आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । यसअघि मंसिर अन्तिम साताका लागि तय भएको बैठक नेपालको राजनीतिक अन्योलका कारण सरेको थियो ।

    भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृृंंगलाले ११ मंसिरमा परराष्ट्रमन्त्री ज्ञवालीलाई बैठकको निमन्त्रणा गर्नुभएको थियो । तर, सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने सम्भावनाबीच नेपालले बैठकको मितिमा सहमति जनाउन सकेको थिएन ।

    बैठकमा अन्य विषयसँगै सुस्ता र कालापानीको सीमा विवाद एवं नयाँ नक्साबारे पनि छलफल हुने बताइएको छ ।


    बुधवार, पौष २२ २०७७०६:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij