Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रदेश २ को संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतो चयन

प्रदेश २ को संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतो चयन

  • मंगलवार, पौष २१ २०७७

  • 1.3K
    SHARES

  • प्रदेश २ को संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतो चयन

    नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।

    यसअघि केपी ओली निकटका मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो।

    बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो।

    अब संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्। नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो।

    मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएका हुन्।

    नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो।


    मंगलवार, पौष २१ २०७७०४:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij