Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

एमिकस क्युरीमा पहिलोपटक महिला !

एमिकस क्युरीमा पहिलोपटक महिला !

  • मंगलवार, पौष २१ २०७७

  • 661
    SHARES

  • एमिकस क्युरीमा पहिलोपटक महिला !

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले एमिकस क्युरी (अदालतको सहयोगी)मा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ ।

    सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

    सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो ।

    बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भइ आइसोलेशनमा रहनुभएकाले पाठकको नाम सिफारिश गरिएको हो ।

    बारले अदालतका सहयोगीमा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरिएको उपाध्यक्ष खड्काको भनाइ छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो ।

     


    मंगलवार, पौष २१ २०७७०१:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij