Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

हामी चुनाव हैन सडक संघर्षमा उत्रिन्छौँ : नेकपा नेता पौडेल

हामी चुनाव हैन सडक संघर्षमा उत्रिन्छौँ : नेकपा नेता पौडेल

  • मंगलवार, पौष २१ २०७७

  • 962
    SHARES

  • हामी चुनाव हैन सडक संघर्षमा उत्रिन्छौँ :  नेकपा नेता पौडेल

    काठमाडौं । नेकपाको दाहाल नेपाल पक्षका गण्डकी प्रदेश ईन्चार्ज देबेन्द्र पौडेलले प्रचलीत कानुन बमोजिम आफ्नो पक्ष अधिकारीक पक्ष भएको दावी गर्नुभएको छ ।

    प्रधानमन्त्रीले आफ्नै दलका साथीले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नु असोभनिय भएको पौडेलको भनाई छ ।
    प्रतिनिधि सभा विघटनको विरुद्धमा आफूहरु शसक्त रुपमा लाग्ने पौडेलले बताउनु भयो ।

    उहाँले आफूहरु चुनावको साटो सडक संघर्षमा उत्रने जिकीर समेत गर्नु भयो । केन्द्रिय सरकारको प्रतिनिधि सभा विघटनको प्रभाव प्रदेश सरकारमा पनि परेको बताउदै उहाँले प्रदेश सरकारका मुख्य मन्त्रीहरुका विरुद्धमा धमाधम अविश्वासको प्रस्ताव पेश भईरहेको जानकारी समेत दिनुभयो ।

    प्रधानमन्त्रीलाई प्रदेश सभा विघटन गर्ने अधिकार कानुनल नदिएको दावी नेकपा नेता पौडेलले गर्नुभयो ।


    मंगलवार, पौष २१ २०७७०९:५८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij