Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले नियमावली संशोधन गर्यो

निर्वाचन आयोगले नियमावली संशोधन गर्यो

  • मंगलवार, पौष २१ २०७७

  • 1.5K
    SHARES

  • निर्वाचन आयोगले  नियमावली संशोधन  गर्यो

    काठमाडौं ।  नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ ।

    राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।

    निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ ।

    राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही नगरिने भएको छ ।

    निर्वाचन प्रयोगनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको समय दिँदैछ । विवाद नटुगिँदा नेकपालाई निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रक्रियामै झमेला हुने थियो ।

    यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


    मंगलवार, पौष २१ २०७७०६:५५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij