Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

  • सोमवार, पौष २० २०७७

  • 1.0K
    SHARES

  • मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यहि पुस १० गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई आज भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले अन्तरिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिनुभएको थियो ।

    सो रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मिति नै तोकेर पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो ।

    सरकारका नाममा कारण देखाउ आदेश जारी भएको मिति नै तोकेर सरकारलाई उपस्थित हुन आदेश जारी भएको त्रीपाठीले बताउनुुभयो ।

    पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि संविधानको धारा ७७ अनुसार ओली सरकार काम चलाउ बनेको छ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार नपाइने प्रावधान रहेपनि ओलीले संविधानको व्यवस्था विपरित मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।


    सोमवार, पौष २० २०७७०८:३४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij