Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

  • सोमवार, पौष २० २०७७

  • 961
    SHARES

  • प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

    काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ ।

    पत्नी सीता दाहालको उपचार गर्न मुम्बई गएपछि प्रचण्ड भने बैठकमा सहभागी हुनुभएको छैन । बैठकको अध्यक्षता अर्का अध्यक्ष नेपालले गरिरहनुभएको छ ।

    प्रचण्डले आइतबारको बैठकमा नै पत्नी दाहालको थप उपचारका लागि मुम्बई जानुपर्ने भएकाले आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो ।

    सरकारको कदमविरुद्ध शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको यो समूहले हिजोको बैठकबाट अध्यक्ष नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि दश सदस्यीय कार्यदल गठन गरेको छ ।

    संघर्षका कार्यक्रम र कार्यदलको कार्यविभाजनका सन्दर्भमा छलफल गरेर आजको बैठकले अन्तिम रुप दिने भएको छ । कार्यदललाई एक साताको समयसीमा दिइएको छ ।

     


    सोमवार, पौष २० २०७७०२:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij