Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत प्रस्थान

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत प्रस्थान

  • सोमवार, पौष २० २०७७

  • 832
    SHARES

  • नेकपा अध्यक्ष  प्रचण्ड पत्नी सीताको उपचारका लागि भारत प्रस्थान

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ ।

    आज बिहान ११ बजेपछि उनी पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान गर्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । उहाँहरूको साथमा छोरी गंगा दाहाल पनि त्यसतर्फ जानुभएको छ ।

    सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट लामो समयदेखि पीडित हुनुहुन्छ । दुर्लभ मानिने यो रोग लागेपछि मष्तिष्कको कोषिकामा क्षति पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

    सीताको यसअघि भारत, अमेरिका, सिंगापुरलगायत देशका अस्पतालमा उपचार गरिएको थियो ।


    सोमवार, पौष २० २०७७११:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij