Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन, थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह

कांग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन, थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह

  • शुक्रवार, आषाढ २६ २०७७

  • 798
    SHARES

  • कांग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन, थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गर्नुभएको छ । सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पु¥याउन निर्देशन गर्नुभएको छ ।

    केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११ घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।

    यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ । रासस

     


    शुक्रवार, आषाढ २६ २०७७०४:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij