काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले अंग्रेजी नयाँ वर्षको सांगीतिक उपहारस्वरुप एक रोमान्टिक म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ । व्याण्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा ‘नीराकार’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो ।

भाइब्जको नयाँ गीनतले भन्छ, ‘निश्चल निराकार मन मेरो कहिले दौडन्छ कहिले थामिन्छ, हर स्थिरतामा गतिशीलतामा हर क्षण हरपल हर क्षण आभास तिम्रै ।’
अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतीय मोडलले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतीय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन् ।

नेपालमा एक दशकभन्दा लामो समयसम्म म्युजिक भिडियो निर्देशन गरी हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ । म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाइब्ज व्याण्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बांसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सहनिर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ । द भाइब्ज व्याण्डले केही समयअघि विजयत दशमीको अवसर पारेर ‘मात्र तिमी’बोलको गीत सार्वजनिक गरेको थियो।

द भाइब्ज व्याण्ड अमेरिकाको सान्ता रोजामा रहेका उत्साहित सांगीतिक युवाहरुले स्थापना गरेको व्याण्ड हो ।