Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा आज पनि प्रदर्शन

प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा आज पनि प्रदर्शन

  • आइतवार, पौष १९ २०७७

  • 954
    SHARES

  • प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा आज पनि प्रदर्शन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचन घोषणा गरेको पक्ष र विपक्षमा आज पनि विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएको छ ।

    ओली पक्षीय संघ संगठनहरुले प्रतिनिधि सभा विघटन वाध्यकारी र प्रधानमन्त्रीको विषेशाधिकार भएको दावी गर्दै प्रदर्शन गर्न लागेका हुन् ।

    नेकपाको भातृ संगठन अनेरास्ववियुको ओली समूहले आज बृहत विद्यार्थी भेलाको आयोजना गरेको छ । दिउसो साढे १२ बजेपछि हुने कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका शिर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।

    ओलीलाई पार्टी अध्यक्षबाट निष्कासन गरेको घोषणा गरेको अर्को पक्षले बैठक आयोजना गरेको ठाउँमै प्रधानमन्त्री ओलीले अहिले आफ्नो पक्षको कार्यक्रम गर्न लाग्नु भएको छ ।

    काठमाडौको बबहरमहलमा हुन लागेको कार्यक्रम अघि माइतीघर मण्डलामा भेला भएर र्यालीसहित कार्यक्रम स्थलमा जाने कार्यक्रम रहेको छ ।


    आइतवार, पौष १९ २०७७०९:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij