काठमाडौं । कोरोना बीमा गरेका बीमितको बीमा दाबी भुक्तानीले गति लिएको छ ।
बीमा मितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पुस १६ गतेसम्म १८ हजार ५ सय ३ जना बीमितलाई कुल १ अर्ब ८० करोड २८ लाख ५० हजार भुक्तानी भइसकेको छ ।
यसअघि ३६ हजार ६ सय ८३ जनाको भुक्तानी भइसकेको थियो । करिब १८ लाख कोरोना बीमा पोलिसी जारी भएको छ । त्यस्तै २ हजार ६ सय ७८ बीमितको दाबी भुक्तानीको स्वीकृतिको चरणमा रहेको बताइएको छ ।
स्वीकृतिका लागि महामारी तथा सरुवा रोग नियन्त्रण विभागमा ४ हजार ३ सय ३० वटा फाइल पेन्डिङ रहेका छन । ७ हजार ९ सय २२ फाइल प्रमाणित गर्ने प्रक्रियामा रहेका छन ।