Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नाइजरमा इस्लामिक लडाकुको आक्रमणमा ७९ जनाको मृत्यु

नाइजरमा इस्लामिक लडाकुको आक्रमणमा ७९ जनाको मृत्यु

  • आइतवार, पौष १९ २०७७

  • 785
    SHARES

  • नाइजरमा इस्लामिक लडाकुको आक्रमणमा ७९ जनाको मृत्यु

    काठमाडौं ।  अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन ।

    नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिएका छन ।

    अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडाकु समुहले हिसात्मक गतिविधि बढाउंदै लगेका छन। गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए ।

    हिजो मात्र मालीमा अलकायदाले गरेको आतंकबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए । फ्रान्सको नेतृत्वमा पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुविरुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेना सक्रिय छन।


    आइतवार, पौष १९ २०७७०७:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij