Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सरकारले विश्वलाई चकित पार्ने गरि आर्थिक विकास गरेको छ : प्रधानमन्त्री

सरकारले विश्वलाई चकित पार्ने गरि आर्थिक विकास गरेको छ : प्रधानमन्त्री

  • शनिवार, पौष १८ २०७७

  • 931
    SHARES

  • सरकारले विश्वलाई चकित पार्ने गरि आर्थिक विकास गरेको छ : प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिसभालाई काम गर्न नदिइएपछि विघटन गर्नुपरेको बताउनुभएको छ ।

    आफू पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभाले जति काम गर्न सक्थ्यो त्यति काम गर्न नदिइएपछि विघटन गर्नुपरेको बताउनुभएको हो ।

    अर्को प्रसंगमा उहाँले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिता दिने दाबी गर्नुभएको छ। आफूहरुले विधानअनुसार, संविधानअनुसार, देशको कानुनअनुसार पार्टी चलारहेको पनि दाबी गर्नुभएको छ ।

    यस्तै, प्रधानमन्त्री ओलीले सरकारको कामलाई प्रचार गर्न नदिइएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार गर्न नदिइएको बताउनुभएको हो ।

    ‘सरकारले गरेका कामको प्रचार गर्न दिइएन, न आफूले प्रचार गरे,’ उहाँले भन्नुभयो,‘ म आएपछि थुप्रै राम्रा काम भएका छन। मेरै नेतृत्वमा रानीपोखरी, धरहरा निर्माण भएपनि साथीहरु डकर्मीले बनाएका हुन् भनिरहेका छन । 

    आफू नेतृत्वको सरकारले विश्वलाई चकित पार्ने गरि आर्थिक विकास गरेको उहाँको दाबी छ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल पार्टीबाट गएपछि नेकपा सहि गतिमा अघि बढेको बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, ‘समस्या कहाँ रहेछ, खिया लागेको कहाँ रहेछ, त्यो त प्रष्ट छ । दुई वटा खिया लागेका नटबोल्ट फुक्लिएपछि पार्टी गतिका साथ अघि बढेको छ । त्यो पनि हामीले फुकालेका होइनौं ।’

    आफूलाई अध्यक्ष पदबाट हटाएको जानकारी प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा गराएको प्रशंग उल्लेख गर्दै उहाँले भन्नुभयो,‘मलाई प्रचण्ड र माधव नेपालले पार्टीबाट निकाल्ने रे यो कुरा सुनेर निर्वाचन आयोगका आयुक्तहरु कत्ति हाँसेहोलान ।’

    उहाँले थप्नुभयो, ‘दुई वटा झरेको फलले रुखै मै हुँ भन्ने’ उहाँले आफूहरु स्वतः आधिकारी भएको दाबी गर्दै भन्नुभयो, ‘जसको घर हो, जसको गाडी हो त्यसले यो मेरो हो भन्दै निवेदन हाल्न जान्छ र’ ओलीले आफूहरुलाई निर्वाचन आयोगमा त्यस्ता निवेदन लिएर जान जरुरी नभएको पनि बताउनुभएको छ ।

    उहाँले प्रचण्ड–माधव पक्षको ध्यान अहिले बैंकमा राखेको पैसामा भएको पनि टिप्पणी गर्नुभएको छ ।


    शनिवार, पौष १८ २०७७०४:५४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij