Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहले गरे आन्दोलनका यस्ता कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

प्रचण्ड–माधव समूहले गरे आन्दोलनका यस्ता कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

  • शनिवार, पौष १८ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्ड–माधव समूहले गरे आन्दोलनका यस्ता कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।
    २४ पुसमा असंवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
    पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । आन्दोलनका माघ २३ गतेसम्म जारी छ । २३ गते काठमाडौंमा विरोध प्रर्दशन र सभा गर्ने बताइएको छ ।

    यसअघि नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठक समेत सम्पन्न भएका थिए ।

    नेकपाले यो बीचमा कांग्रेस र अन्य दलसँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरे पनि कांग्रेसभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो ।

    यता, प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज पनि विभिन्न ठाउँमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मातहतका विभिन्न निकायहरुलाई परिचालन गरेर केन्द्रीय नेताहरु समेत सहभागी हुनेगरी छुट्टा–छुट्टै विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

    काठमाडांैको प्रज्ञा प्रतिष्ठानमा दिउसो २ बजेदेखि भेला गरिहेको छ । जसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गरिरहेका छन् ।

    केहीबेरपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    134940961_3568522763232319_1375826058479438892_n.jpg

    135931253_3568522859898976_6418567996694659059_n.jpg

     


    शनिवार, पौष १८ २०७७०३:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij