एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसद्ले अस्वीकार गरेको छ ।
राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढोत्तरीसम्बन्धी विधेयकलाई आफ्नै पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका छन् ।
अमेरिकी संसद्को तल्लो सदनका राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रपति ट्रम्पको कार्यकालको अन्त्यतिर आफ्नो भिटो अधिकारलाई संसद्ले अस्वीकृत गरेको हो ।