Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरे भन्ने कति सत्य ?

ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरे भन्ने कति सत्य ?

  • शनिवार, पौष १८ २०७७

  • 1.1K
    SHARES

  • ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरे भन्ने कति सत्य ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले दुई चिरा भइसकेको छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अहिले एक–अर्कालाई हिलो छ्याप्न लागिपरेका छन् । प्रतिपक्षी नेपाली कांग्रेस पनि संसद् विघटनविरुद्धको आन्दोलनमा छ ।

     तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने ओलीको कदमविरुद्ध केही नरम देखिएका छन् । संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई पनि पर्खनुपर्ने उनले बताइरहेका छन् ।

    यद्यपि, देउवाको औपचारिकताका विरोध भने जारी छ । उनले संसद् विघटन गर्नुलाई असंवैधानिक कदम भने भनेका छन्, तर अलि नरम भाषामा ।

    यसैबीच, प्रधानमन्त्री ओली र सभापति देउवाबीच सत्ताको लेनदेन भइरहेको अड्कलबाजीसोत हुने गरेको छ । गत असारमा पनि यो विषय बाहिर आएको थियो । पार्टी विवादबाट वाक्क भएर ओलीले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको समाचार बाहिररिएको थियो । तर, केन्द्रीय समितिको बैठकमा देउवाले त्यसको खण्डन गरेका थिए ।

    नेकपा दुई चिरा भएको अहिलेको अवस्थामा ओली र देउवा बीच तालमेल हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् । राजनीतिक विश्लेषकसमेत रहेका लेखक तथा साहित्यकार खगेन्द्र संग्रोलाले ठोकुवा नै गरेर ओलीले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको दाबी गरेका छन् । उनले ट्विटमार्फत यस्तो दाबी गरेका छन् ।

    देउवालाई प्रधानमन्त्रीको लोभ देखाउनु ओलीको कुटिल चाल रहेको संग्रौलाको भनाइ छ । उनले देउवालाई ओलीको कुटिल चालमा यसअघि प्रचण्ड फसिसकेको बताउँदै देउवालाई नफस्न सुझाव दिएका छन् ।

    ‘कुटिलमति खड्गप्रसाद ओलीले प्रधानमन्त्री बनाइदिन्छु भनेर शेरबहादुर देउवालाई हरियो घाँस देखाएछन्’, उनले ठट्यौली पारामा लेखेका छन्, ‘सत्ताको हरियो घाँस हेरेर घुटुक्क थुक निल्दै ओलीका हातको लोप्पा खाने पालो पुकदापछि अब शेबदेको । लोभी गौपुत्रको नियति हरियो घाँसमा लोभिनु र धोका खानु त हो । खाने भए शेरबहादुरले !’

    Capture.PNG


    शनिवार, पौष १८ २०७७१२:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij