काठमाडौं । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज पनि विभिन्न ठाउँमा भेला तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गरेको छ । मातहतका विभिन्न निकायहरुलाई परिचालन गरेर केन्द्रीय नेताहरु समेत सहभागी हुनेगरी छुट्टा छुट्टै विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो ।
काठमाडौको प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजेपछि हुने कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओली निरन्तर आफु पक्षीय कार्यकर्ताहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुदै आउनु भएको छ । काठमाडौकै अन्य विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रमहरुमा छुट्टा छुट्टै शिर्ष नेताहरुलाई खटाइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ । विभाजित नेकपाको एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले अर्को पक्षको नेतृत्व पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्नुभएको छ । दुवै पक्षले एक अर्का पक्षलाई कारबाही र गालीगलौज गर्दै आइरहेका छन् ।