Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको एकता जोगाउने सम्भावना अझै पनि जीवित छ : गौतम

नेकपाको एकता जोगाउने सम्भावना अझै पनि जीवित छ : गौतम

  • शुक्रवार, पौष १७ २०७७

  • 959
    SHARES

  • नेकपाको एकता जोगाउने सम्भावना अझै पनि जीवित  छ : गौतम

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जिवित रहेको बताउनुभएको छ।

    राष्ट्रियसभा सदस्य समेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताउनुभएको हो ।

    प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उहाँको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताउनुभयो ।

    उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताउनुभयो। उहाँले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताउनुभयो ।


    शुक्रवार, पौष १७ २०७७०७:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij