Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

  • शुक्रवार, पौष १७ २०७७

  • 815
    SHARES

  • राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

    काठमाडौं ।  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गर्नुभएको थियो ।बैठकको आरम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

    बैठक सुरु भएका सन्दर्भमा विभिन्न दलका नेताबाट सम्बोधन सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन तथा गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने संसद् सचिवालयले जनाएको छ । 


    शुक्रवार, पौष १७ २०७७०५:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij