एजेन्सी । युरोपियन युनियन (इयू)सँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतका लागि नयाँ युग सुरु भएको बताइएको छ । यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत इयूबाट स्वतन्त्र भएको बताइएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगको बताए ।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री जोनसनले इयूसँग ब्रेक्जिट सम्झौंता तोडिए पनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताए ।
उनले केही हप्ता नयाँ नियम कार्यान्वयनमा नआएसम्म सीमाहरुमा केही समस्या भएको भए पनि चाँडै हल गर्ने बताएका छन् ।