Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

के वामदेवको पल्ला प्रचण्डतिर भारी हो ?

के वामदेवको पल्ला प्रचण्डतिर भारी हो ?

  • शुक्रवार, पौष १७ २०७७

  • 776
    SHARES

  • के वामदेवको पल्ला प्रचण्डतिर भारी हो ?

    काठमाडौं । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आज पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

    बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर वामदेवले भेटवार्ता गरेका हुन् । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका वामदेवलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर, गौतम अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

    राष्ट्रियसभाको बैठक बस्ने दिन राष्ट्रियसभा सदस्यसमेत रहेका वामदेवले प्रचण्डसँग भेट गरेका हुन् ।

    राष्ट्रियसभा बैठकमा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषय उठाउने तयारी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत जुस ५ गते संसद् विघटन गरेपछि सत्तारुढ नेकपा दुई समुहमा बाँडिएको हो ।

    गत पुस ११ गते पनि प्रचण्डले वामदेवलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।

    प्रचण्डनिकट स्रोतका अनुसार सो भेटमा वामदेवले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका थिए ।

    पार्टी विभाजनपछि दुवै समूहमा नलागेका वामदेवले संसद् विघटनको भोलिपल्ट माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए ।

    राजनीतिक विश्लेषकहरुका अनुसार वामदेवको तटस्थता खाली व्यक्तिगत लाभका लागि मात्रै हो । उनले अहिले कता जाँदा आफ्नो पल्ला भारी हुन्छ भन्ने तौलिरहेका छन् ।

    पछिल्लो समयले ओली र वामदेवबीचको सम्बन्ध केही सहज भएको थियो । ओलीले वामदेवलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचारसमेत बाहिरिएको थियो । यद्यपि, संसद् विघटनपछि भने दुई नेताबीच भेट भएको छैन ।

    वामदेवले ओली समूहमा जान खुट्टा उचालेको तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका कारण उनी रोकिएको स्रोत बताउँछ । किनकि, वामदेव र सूर्य थापाका बीच सम्बन्ध राम्रो छैन ।

    यसअघि पनि वामदेवलाई फकाउन प्रचण्डगुटका नेताहरु लागिपरेका थिए । नेकपाका वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ ललितपुरको भैंसेपाटीस्थित वामदेव निवासमा पुगेर उनलाई आफ्नो पक्षमा पार्न खोजेका थिए ।

    संसद् विघटनपछि ओलीले वामदेवलाई भेट्न पाएका छैनन् । नभेटेपछि फकाउने कुरा पनि भएन । तर, प्रचण्डसँग उनले दुईपटक भेट भइसकेको छ । त्यसैले वामदेवको पल्ला प्रचण्ड समूहमा पर्नसक्ने अनुमान कतिपय विश्लेषकले लगाएका छन् ।

     


    शुक्रवार, पौष १७ २०७७०१:४९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij