Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक आजदेखि, शिर्ष नेताहरुले सम्वोधन गर्ने

राष्ट्रिय सभाको बैठक आजदेखि, शिर्ष नेताहरुले सम्वोधन गर्ने

  • शुक्रवार, पौष १७ २०७७

  • 685
    SHARES

  • राष्ट्रिय सभाको बैठक आजदेखि, शिर्ष नेताहरुले सम्वोधन गर्ने

    काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आजदेखि सुरु हुने भएको छ । बैठकमा सभामा रहेका पार्टीका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकका कारण कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ ।

    सांसदहरुको कोरोना परिक्षण गरिएको छ भने सहभागीहरु सवैले सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजर लगाउनु पर्नेलगायतका आधारभुत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएको छ ।

    बैठक दिउसो ४ बजेपछि सुरु हुने तय गरिएको छ । एउटा अधिवेशन टुंगिएको छ महिना भित्रमा अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक व्यवस्थाका कारण सरकारले आजदेखि बस्नेगरी राष्ट्रिय सभाको बैठक बोलाएको हो ।

    संघीय संसद अन्तर्गतकै प्रतिनिधि सभामा भने प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते विघटन गरिदिनु भएको छ ।  संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न मिल्ने व्यवस्था नभएपनि उहाँले गरेको भन्दै विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट परेका छन् ।

    प्रतिनिधि सभा नभएको, प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरु पनि स्वतः विघटन भएको अवस्थामा ऐन निर्माण प्रक्रिया पुरा हुन नसक्ने भएकाले राष्ट्रिय सभा बैठक लामो समय नचल्ने अनुमान गरिएको छ ।


    शुक्रवार, पौष १७ २०७७०९:१६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij