Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट आज पनि‘हेर्न नभ्याइने’मा

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट आज पनि‘हेर्न नभ्याइने’मा

  • बिहिवार, पौष १६ २०७७

  • 788
    SHARES

  • मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट आज पनि‘हेर्न नभ्याइने’मा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ ।
    आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइने परेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । त्यसको पाँच दिनपछि १० पुसमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

    वैशाखका लागि चुनाव समेत घोषणा गरिसकेको कामचलाउ सरकारले मन्त्रीहरू थपेको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले छुट्टाछुट्टै रिट दर्ता गराउनु भएको थियो । दुवै रिट हेर्न नभ्याइनेमा परेको हो ।

    रिट निवेदकहरूले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिपति कार्यालयलाई प्रतिवादी बनाएका छन ।
    प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री र त्यही प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको उल्लंघन भएको उनीहरूको दावी छ ।


    बिहिवार, पौष १६ २०७७०३:४०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij