Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको अधिवेशन भोलिदेखि, आज सांसदहरुको कोरोना परीक्षण गरिने

राष्ट्रियसभाको अधिवेशन भोलिदेखि, आज सांसदहरुको कोरोना परीक्षण गरिने

  • बिहिवार, पौष १६ २०७७

  • 575
    SHARES

  • राष्ट्रियसभाको अधिवेशन भोलिदेखि, आज सांसदहरुको कोरोना परीक्षण गरिने

    काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको आज कोरोना परीक्षण गरिने भएको छ । विहान ११ बजेदेखि परीक्षण कार्य सुरु हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलीदेखि बैठक बस्नेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकाले आज सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

    बैठक संचालन गर्दा कोरोना परिक्षणसँगै सामाजिक दुरी कायम गर्नु पर्ने, मास्क र सेनिटाइजर लगाउनु पर्नेलगायतका आधारभुत स्वास्थ्य मापदण्ड पालना गराइने भएको छ । यस्तै व्यवस्था प्रतिनिधि सभामा पनि गर्नेगरी संसद सचिवालयले तयारी गरिरहेका बेला गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएको छ ।

    एउटा अधिवेशन टुंगिएको छ महिना भित्रमा अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक व्यवस्थाका कारण सरकारले भोलीदेखि बस्नेगरी बैठक बोलाएको हो । भोलीको पहिलो बैठक दिउसो ४ बजेपछि बस्ने तय भएको छ ।

    प्रतिनिधि सभा नभएको, प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरु पनि स्वतः विघटन भएको अवस्थामा ऐन निर्माण प्रक्रिया पुरा हुन नसक्ने भएकाले राष्ट्रिय सभा बैठक पनि केही दिन मात्रै चल्ने अनुमान गरिएको छ ।


    बिहिवार, पौष १६ २०७७१०:०९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij