Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिरा परेको नेकपा फेरि एक हुने संभावना कति ?

चिरा परेको नेकपा फेरि एक हुने संभावना कति ?

  • बुधवार, पौष १५ २०७७

  • 1.6K
    SHARES

  • चिरा परेको नेकपा फेरि एक हुने संभावना कति ?

    काठमाडौं । निर्वाचनबाट करिब दुई तिहाई बहुमत पाई सरकार बनाएको नेकपा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कदमको कारण विभाजित अवस्थामा पुगेको छ ।

    त्यसो त, संसद् विघटन एउटा देखिएको कारक मात्र हो, दुई अध्यक्षहरु यसअघि नै पार्टी विभाजन नै भइदिएहुन्थ्यो भनेर सोच्ने अवस्थामै पुगिसकेका थिए ।

    अनेक विवाद चर्किदै गएपछि व्यवहारिक रुपमा विभाजित भएपनि औपचारिक रुपमा भने विभाजित भइसकेको छैन । विभाजनले औपचारिकता नपाउदासम्म पनि विभाजन रोकिन्छ की भन्ने झिनो आशा अझै कतिपयमा देखिन्छ ।

    विषेश गरेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले चार दिने भ्रमणबाट विभाजन रोक्ने प्रयास गरिरहेकाले विभाजन रोकिन्छ की भन्ने आशा पलाएको थियो । तर अहिले नै रोकिने संकेत भने केही देखिएको छैन । तैपनि नेताहरु भने अझैसम्म एकताको आह्वान गरिरहेकै छन् ।

    नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर आएमा फेरी एक हुन सक्ने हिजो बताउनुभएको थियो ।

    यता ओली पक्षका नेता सुवास नेम्वाङले भने एकदिन देशका कुनैपनि कम्युनिष्ट बाँकी नराखी जुटाउने बताउदै अहिले एक हुने संभावना नरहेको संकेत गर्नुहुन्छ । चिनियाँ, भारतिय जुन टोली आएपनि अहिले यो संभव नहुने र आफ्नै ढङगले अघि बढ्ने उहाँको भनाइ छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेकपाको एकता भंग भएको बताइसक्नुभएको छ । तरपनि, नेकपा एक भएर जानुपर्नेमा उहाँ सहमत रहेको उहाँ निकटका नेताहरु बताउँछन् ।

    नेता हरिवोल गजुरेलले एकताको लागि चाहना र धेरै प्रयासपनि गरिरहेको बताउनुहुन्छ । एक बनाउनैका लागि जोखिम र आरोपहरुपनि खेपेको बताउँने गजुरेलले अन्तराष्ट्रिय चलखेल धेरै भएकाले आफुहरुको प्रयास असफल भएको दावी गर्नुभयो ।
    दुई समूहमा विभाजित भएको नेकपालाई एकजुट बनाउन नेपाल भ्रमणमा आएको चिनियिाँ टोलीको तत्कालका लागि असफल देखिएको छ ।

    आइतबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वको टोली आज स्वदेश फर्किएको छ । नेकपा अब एक हुने संभावना अत्यन्तै न्युन रहेको विश्लेषकहरुको पनि ठहर छ ।

    राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी झगडा राजनितीक, सैद्धान्तीक र देश तथा जनताको लागि नभइ स्वार्थ र लेनदेनकोमात्रै भएकाले जोडिन, मिल्न संभव नहुने ठान्नु हुन्छ ।

    संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमप्रति आक्रोशित प्रचण्ड–नेपाल पक्षले असंवैधानिक कदम चालेको भन्दै ओलीलाई कारवाही गर्दै अध्यक्ष पदबाट समेत हटाएको हो । उता ओली पक्षले पनि प्रचण्डलाई कारवाही गरेको छ ।

    दुवै पक्षले एक अर्कालाई लगाउँदै आएका आरोपप्रत्यारोप, आफ्नै पार्टी पहिलो हुने दावी यी यावत कारणलेपनि अब विभाजीत नेकपा एक हुने संभावना निकै कम देखिन्छ ।


    बुधवार, पौष १५ २०७७०८:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij