Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो, के अब सस्तो होला त प्याज ?

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो, के अब सस्तो होला त प्याज ?

  • बुधवार, पौष १५ २०७७

  • 1.4K
    SHARES

  • भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो, के अब सस्तो होला त प्याज ?

    काठमाडौं । भारतले गत भदौ २९ गतेदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । त्यतिबेला भारतको आन्तरिक बजारमै प्याजको अभाव भएकाले मूल्यवृद्धि हुन नदिन भारतले निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

    सोमबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विज्ञप्ति जारी गर्दै आउँदो शुक्रबारदेखि निर्यात खुलाउने उल्लेख गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले यतिबेला भारतमा प्याजको उत्पादन बढेकाले उसले निर्यात खुलाएको हुन सक्ने बताउनुभयो । भारतले लगाएको प्रतिबन्ध हटेसँगै नेपालमा प्याजको मूल्य सस्तिने भएको छ ।

    भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य बढेर दोब्बर पुगेको थियो । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार भदौ २९ गते प्याजको थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो । तर भारतले निर्यातमा प्रतिबन्ध लगाएको २ दिनमै ९९ प्रतिशत बढेर प्रतिकिलो ११९ रुपैयाँ पुगेको थियो । खुद्रा बजारमा भने प्रतिकिलो १६० रुपैयाँसम्म बिक्री भएको थियो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका क्रममा व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै कारबाही चलाएपछि भने प्याजको मूल्य ओरालो लागेको थियो ।

     


    बुधवार, पौष १५ २०७७०१:५१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij