काठमाडौं । नेपाल भ्रममा रहेको चिनियाँ टोलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच आज भेटवार्ता भएको छ । देउवा निवास बूढानिलकण्ठमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेका कुरा भएको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचाऊ नेतृत्वको टोलीलाई चीन कांग्रेसको राम्रो साथी रहेको बताउँनुभयो ।
‘बिपीले नेपाल र चीनको सम्बन्ध आधारशीला तयार गर्न जुन योगदान त्यसको हामी प्रशंसा गर्छौं र हामी सोही सम्बन्धमा कायम छौं’, देउवाको भनाइ उदृत गर्दै भट्टराईले बताउनुभयो ।

कांग्रेस सरकारमा हुँदा र नरहँदा पनि नेपाल र चीनको सम्बन्ध समान तरिकाले अघि बढिरहेकोमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए ।
सो अवसरमा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचाऊले चिनियाँ पार्टी स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा चीनका राष्ट्रपति सि जिङ पिङले सभापति देउवालाई दिएको निमन्त्रणा दिनुभएको थियो ।
शिष्टाचार भेट भएकाले चिनियाँ प्रतिनिधि नेपाल आउनुको उद्देश्यबारे नसोधिएको परराष्ट्र सल्लाकार भट्टराईले बताउनुभयो ।