Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड माधव पक्षको प्रदर्शनमा नजान ओली पक्षको निर्देशन, छुट्टै भेला हुँदै

प्रचण्ड माधव पक्षको प्रदर्शनमा नजान ओली पक्षको निर्देशन, छुट्टै भेला हुँदै

  • मंगलवार, पौष १४ २०७७

  • 841
    SHARES

  • प्रचण्ड माधव पक्षको प्रदर्शनमा नजान ओली पक्षको निर्देशन, छुट्टै भेला हुँदै

    काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले देशव्यापी प्रदर्शन गर्न लागिरहेकै दिन अर्को पक्षले भने प्रदर्शनमा सहभागी नहुन निर्देशन दिदै छुट्टै भेलाहरुको आयोजना गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ भने ती कार्यक्रममा शिर्ष नेताहरु नै सहभागी हुन लागेका छन् ।

    राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक र अनेरास्ववियू सिन्धुपाल्चोकको संयुक्त आयोजनामा काठमाडौमा बृहत् युवा विद्यार्थी भेला आयोजना गरिएको छ । रोयल ब्याङ्क्वेट तिनकुनेमा मध्यान्ह १२ बजेपछाडि हुने कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेता तथा कार्यकर्ताहरु सहभागी हुने भएका छन् ।

    त्यसैगरीसुदूरपश्चिम घर भई काठमाडौमा कार्यक्षेत्र भएका ओली निकटका विद्यार्थीहरूले अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्यहरूसंग छलफल कार्यक्रमको आयोजना गरेका छन् । अनेरास्ववियूका अध्यक्ष ऐन महरको प्रमुख आतिथ्यतामा विहान साढे १० बजेपछाडि काठमाडौको बागबजारस्थीत होटेल हार्दिकमा कार्यक्रम हुने भएको हो ।

    अनेरास्ववियुको ओली निकट नेताहरुले केन्द्रीय समितिले अर्को पक्षका नेताहरुलाई कारबाही तथा निस्काशन गरेको लगायतका निर्णय आज सार्वजनिक गर्न लागेका छन् । केन्द्रीय कमिटीको पुस १० गते देखि १२ गतेसम्म बसेको बैठकको निर्णय होटल हार्दिकमै विहान नौ बजेपछि सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

    ओली पक्षका नेताहरुले प्रचण्ड माधव पक्षको कार्यक्रममा सहभागी नहुन मातहतका कार्यकर्ताहरुलाई निर्देशन दिने गरेको र निर्देशन मानेका र नमानेकाहरुको सूची बनाउन समेत लगाएको जनाइएको छ ।


    मंगलवार, पौष १४ २०७७०९:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij