Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तरुण दलको परिपत्रः बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा केन्द्रीत हुनु

तरुण दलको परिपत्रः बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा केन्द्रीत हुनु

  • शुक्रवार, आषाढ २६ २०७७

  • 1.2K
    SHARES

  • तरुण दलको परिपत्रः बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा केन्द्रीत हुनु

    काठमाडौं । नेपाल तरुण दलले बाढी–पहिरो र विपदमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा जुट्न सबै जिल्ला कार्यसमितिहरुलाई शुक्रबार (आज) परिपत्र गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन लगातार वर्षा हुने पूर्वानुमान गरेको छ ।

    यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी–पहिरोको जोखिम पनि उत्तिकै बढी रहने हुँदा यस्तो अवस्थामा आफ्नो जिल्लामा हुन सक्ने विपद जोखिमबारे सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न तरुण दलले जिल्ला समितिलाई निर्देशन दिएको छ ।

    अविरल रुपमा वर्षापछि आएको बाढी–पहिरोका कारण सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायतका ठूलो मानवीय तथा तथा भौतिक क्षति भएकोले त्यस क्षेत्रका पीडितको उद्धार तथा रातहतमा वितरणमा जुट्न पनि भनिएको छ ।

    साथै तरुण दलले यस्तो विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु र मातृपार्टी तथा अन्य भातृसंगठनसँग पनि आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेको छ ।


    शुक्रवार, आषाढ २६ २०७७०१:००:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij