Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
संसद विघटन :

प्रचण्ड–माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै

प्रचण्ड–माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै

  • मंगलवार, पौष १४ २०७७

  • 1.5K
    SHARES

  • प्रचण्ड–माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् ।

    टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिनुभयो ।

    सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।


    मंगलवार, पौष १४ २०७७०९:१६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij