काठमाडौं । लामो समयदेखि विद्यार्थी राजनीतीमा सक्रिय रहेका रामलाल राजवंशी अनेरास्ववियूको केन्द्रिय कमिटी सदस्यमा मनोनित भएका छन् ।
अर्घाखाँची सिद्दार्थ उच्च मा.वि.बाट अनेरास्ववियुमा सक्रिय राजवंशी सिद्दार्थ मा.वि.को प्रारम्भिक कमिटी अध्यक्ष हुँदै मदन भण्डारी मेमोरियल कलेजको अनेरास्ववियू क्याम्पस कमिटीको दुई कार्यकाल अध्यक्ष भइसक्नुभएको छ ।
साथै अनेरास्ववियुको उत्पिडित राष्ट्रिय कमिटीको सहसचिव र उपाध्यक्ष भइसक्नुभएका राजवंशी दलित आन्दोलनसंगै विद्यार्थी हकहितमा पनि सक्रिय हुनुहुन्छ ।
आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने भनि घोषणा भएको निर्वाचनमा सबै होमिने गरेर अगाडि बढ्न उहाँले आह्वानपनि गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘संसद् विघटन अलोकतान्त्रि भन्ने कुरा आइरहदा यो कदम अलोकतान्त्रिक नभएर जनतामा जाने कुरा लोकतान्त्रिक नै हुन्छ, तसर्थ जनतामा जानमा कुनैपनि राजनितिक दल डराउनहुदैन र नयाँ जनादेशनै अहिलेको माग हो । ’