Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, काठमाडौंका १५ ठाउँमा विरोधसभा

संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, काठमाडौंका १५ ठाउँमा विरोधसभा

  • सोमवार, पौष १३ २०७७

  • 1.1K
    SHARES

  • संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस, काठमाडौंका १५ ठाउँमा विरोधसभा

    काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आज एकसाथ प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुने कांग्रेसले जनाएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नुहुनेछ भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ ।

    पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।

    औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति देउवा नैं निर्वाचनको पक्षमा रहेको वरिष्ठ नेता पौडेल पक्षको आरोप छ ।

    संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।


    सोमवार, पौष १३ २०७७०८:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij