काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्नुपर्ने बताउनुुभएको छ । आज उर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले कुनै पनि वैदेशिक लगानी अस्वीकृत गर्न नहुनेमा जोड दिनुुभयो ।
एमसिसी सम्झौंतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने रायमाझीको भनाइ छ ।
एमसिसी लागू नगरे भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पु¥याउने उहाँले बताउनुुभयो ।
रायमाझीसँगै अन्य चार नवनियुुक्त र नया सम्हालेका चार मन्त्रीले पनि आजै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नेहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझी ,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणिचन्द्र थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शहरी विकासमन्त्री प्रभु साह रहेका छन् ।