Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कञ्चरनपुरमा ओली र प्रचण्ड समूहका कार्यकर्ताबीच झडप

कञ्चरनपुरमा ओली र प्रचण्ड समूहका कार्यकर्ताबीच झडप

  • आइतवार, पौष १२ २०७७

  • 1.7K
    SHARES

  • कञ्चरनपुरमा ओली र प्रचण्ड समूहका कार्यकर्ताबीच झडप

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभाजित दुई समूहले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा कार्यालय परिसरमा दुई पक्षबीच भिडन्त भएको छ ।

    दुई पक्षबीच भिडन्तको अवस्था आएपछि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता र ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद तथा घम्साघम्सी भइरहेको छ ।

    नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए ।

    पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था आएको हो ।

    कञ्चनपुरमा जिल्ला अध्यक्ष वीरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन् ।

     


    आइतवार, पौष १२ २०७७०२:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij