काठमाडौं । काठमाडौमा हुने अधिकांश विरोध प्रदर्शन माइतीघरमा हुने भएका छन् । माइतीघरमा हुने कार्यक्रम मध्ये केही कार्यक्रम एकैचोटी हुने भएका छन् भने केही कार्यक्रम एकपछि अर्को हुने तय भएको छ ।
आज विवेकशील पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंबैधानिक कदम बिरुद्ध सडकमा प्रदर्शन गर्ने जनाएको छ । पार्टीले माइतिघर मण्डलामा विहान १०ः३० बजे विरोध कार्यक्रम गर्ने तय गरेको छ ।
विवेशिलले विरोध प्रदर्शन गरिरहेका बेला माइतीघर मण्डालामा स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियन तथा पेशागत संघरसंगठनहरूको संयुक्त संघर्ष समितिले विहान ११ बढेदेखि साढे १२ बजेसम्म प्लेकार्ड सहित मौन धर्ना कार्यक्रम गर्न लागेको छ ।
त्यही समयमा उखु किसान संघर्ष समितिले चिनिमिलहरूबाट उखुको भुक्तानि पाउनुपर्ने, सरकारसंग भएको सम्झौता लागू गर्नु पर्ने लगाएतका मागहरु राखि विरोध प्रदर्शन गर्ने भएका छन् । केही हप्तादेखि उनीहरुको प्रदर्शन जारी छ ।
राष्ट्रय प्रजातन्त्र पार्टीले विहान साढे ११ बजे त्यही भेला हुने र जिल्ला प्रशासन कार्यालय जाने कार्यक्रम तय गरेको छ ।
दिउसो १ बजेपछि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले वर्तमान राज्य सत्ता, व्यवस्था र सरकारको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गरौ, शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा राष्ट्रियकरण गरौ र शैक्षिक दलाल, माफिया र भ्रष्टहरूलाई कारबाही गरौँ भन्ने लागयतका माग राखि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसैगरी अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय, उपत्यका कमिटीले संसद विघटनलाई असंवैधानिक कु भन्दै त्यसका विरुद्धमा माइतीघरबाटै सिट्टी जुलुश निकाल्ने भएको छ । दिउसो ३ बजेपछि हुने सिट्ठी जुलुश माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर जाने आयोजकले जनाएको छ ।