Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का प्रचण्ड–नेपाल समुहका आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

प्रदेश १ का प्रचण्ड–नेपाल समुहका आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

  • शनिवार, पौष ११ २०७७

  • 1.4K
    SHARES

  • प्रदेश १ का प्रचण्ड–नेपाल समुहका आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको छ ।

    मुख्यमन्त्री राईले आज साँझ मन्त्री आङ्बोलाई पदमुक्त गर्नुभएको हो । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो ।

    मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्व माओवादी खेमामा आङ्बो प्रचण्ड–नेपाल समूह समूहमा हुनुहुन्छ ।
    यो समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।


    शनिवार, पौष ११ २०७७०७:४६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij