Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुन समूहमा जाँदैछन् वामदेव, के भने प्रचण्डसँगको भेटमा ?

कुन समूहमा जाँदैछन् वामदेव, के भने प्रचण्डसँगको भेटमा ?

  • शनिवार, पौष ११ २०७७

  • 1.2K
    SHARES

  • कुन समूहमा जाँदैछन् वामदेव, के भने प्रचण्डसँगको भेटमा ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद् विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समुहमा बाँडिएको छ । प्रायः ठूला नेताहरु आ–आफ्नै कित्तामा उभिइसकेका छन् । तर उपाध्यक्ष वामदेव गौतम भने कुन समुहमा जाने भनेर हालसम्म अन्यौलमा छन् ।

    यसैबीच, आजबिहान मात्र नेपाल–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।

    प्रचण्डनिकट स्रोतका अनुसार भेटमा वामदेवले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका छन् । तर जसरी भए पनि पार्टी एकतालाई कायम राख्नुपर्ने उनले अडान रहेको स्रोतको दाबी छ । भेटमा प्रचण्ड–माधव समूहका अन्य नेता पनि सहभागी थिए ।

    पार्टी विभाजनपछि दुवै समूहमा नलागेका वामदेवले दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए ।

    राजनीतिक विश्लेषकहरुका अनुसार वामदेवको तटस्थता खाली व्यक्तिगत लाभका लागि मात्रै हो । उनले अहिले कता जाँदा आफ्नो पल्ला भारी हुन्छ भन्ने तौलिरहेका छन् ।

    पछिल्लो समयले ओली र वामदेवबीचको सम्बन्ध केही सहज भएको थियो । ओलीले वामदेवलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचारसमेत बाहिरिएको थियो । यद्यपि, संसद् विघटनपछि भने दुई नेताबीच भेट भएको छैन ।

    वामदेवले ओली समूहमा जान खुट्टा उचालेको तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका कारण उनी रोकिएको स्रोत बताउँछ । किनकि, वामदेव र सूर्य थापाका बीच सम्बन्ध राम्रो छैन ।


    शनिवार, पौष ११ २०७७०३:१७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij