Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध कांग्रेसले गर्ने आन्दोलनमा सहभागी हुन सभापति देउवाको अपिल (विज्ञप्तिसहित)

संसद् विघटनविरुद्ध कांग्रेसले गर्ने आन्दोलनमा सहभागी हुन सभापति देउवाको अपिल (विज्ञप्तिसहित)

  • शनिवार, पौष ११ २०७७

  • 1.0K
    SHARES

  • संसद् विघटनविरुद्ध कांग्रेसले गर्ने आन्दोलनमा सहभागी हुन सभापति देउवाको अपिल (विज्ञप्तिसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले अपिल गर्नुभएको छ ।
    आज एक विज्ञप्ति जारी गर्दै देउवाले आफ्नै प्रस्तावमा पार्टीले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । संसद् विघटनविरुद्ध कांग्रेस पार्टी एकमत रहेकोसमेत सभापति देउवाले स्पष्ट पार्नुभयो ।

    विघटनकै दिन आफूले पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बैठक आयोजना गरेर बैठकमार्फत संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको देउवाको भनाइ छ ।

    संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमत उभिएको देउवाले आज जारी गरेको अपिलमा उल्लेख गरिएको छ ।

    congress.jpg

     


    शनिवार, पौष ११ २०७७०२:१६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij