काठमाडौं । लोकगायक पशुपति शर्माको ल्याएको नयाँ गीत कठै मेरो देशले यतिबेला लोकप्रियताको शिखर चढिरहेको छ । बजारमा आएको तीन दिन नबित्दै गीतले दुई लाख ७९ हजार ७२३ भ्युज प्राप्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै शर्माको नयाँ गीत आएको थियो । यसलाई गत पुस ८ गते युट्युबमा अपलोड गरिएको थियो ।
गायक शर्माले देशमा केही होला कि भन्दाभन्दै धेरै वर्ष खेर गएको गीतमार्फत बताएका छन् । साथै, उनले राजनीतिलाई फोहोरी खेल पनि भनेका छन् । जनताले नेताबाट धेरै दुःख पाएकाले अब उनीहरु कसैको झोले बन्न नहुने सुझाब दिएका छन् ।
छिमेकी मुलुकले विकासका काममा धेरै फड्को मारिसक्दा पनि नेपालका नेताहरू भने कुर्सीकै लडाइँमा लागेको देख्दा जनता आजित बनेको गीतमा बताइएको छ ।