काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले प्रतिनिधिसभा विघटनको प्रभाव स्थानीय तहसहित रहेक पेशा व्यवसायमा परेको बताउनुभएको छ ।
‘अहिले सबै स्थानीय तह नगर÷गाउँ सभाबाट पारित नीति तथा कार्यक्रम, योजनाहरु कार्यान्वयनको चरणमा छन्’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै प्रमुख राईले भन्नुभयो, ‘संघले निर्माण गरेको योजना पनि स्थानीय तहले नै कार्यान्वयन गर्नुपर्ने भएकाले जनप्रतिनिधमूलक संस्था विघटन हुँदा त्यसको असर स्थानीय तहमा पनि परेकै छ ।’
साथै प्रमुख राईले प्रदेश सरकार बोझ भएको टिप्पणी गर्नुभएको छ । प्रदेशले संघ र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भएपनि त्यस्तो भूमिका खेल्न नसकेको उहाँले बताउनुभएको छ ।
यसैगरी उहाँले स्थानीय तहहरुको सक्रियाताकै कारण कोरोना महामारी नियन्त्रणमा सरकार केही हदसम्म सफल भएको जिकिर गर्नुभयो ।
नगर प्रमुख राईसँग गरिएको कुराकानी सुन्नुहोस्