Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

भेला र प्रशिक्षण गर्न नेकपाको दुई पक्षबीच प्रतिस्पर्धा, शीर्ष नेताहरु सहभागी हुने

भेला र प्रशिक्षण गर्न नेकपाको दुई पक्षबीच प्रतिस्पर्धा, शीर्ष नेताहरु सहभागी हुने

  • शनिवार, पौष ११ २०७७

  • 1.1K
    SHARES

  • भेला र प्रशिक्षण गर्न नेकपाको दुई पक्षबीच प्रतिस्पर्धा, शीर्ष नेताहरु सहभागी हुने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै पक्षले आज पनि छुट्टा छुट्टै विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । आफु निकटका विभिन्न संघ संगठनहरुलाई कार्यक्रम आयोजना गर्न लगाएर आफ्नो पक्षमा कार्यकर्ता तान्ने रणनीति अनुसार उनीहरुले कार्यक्रमहरु आयोजना गरेका हुन् ।

    नेकपा महालक्ष्मी नगर कमिटीले ललितपुरले नेकपाका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा नगर स्तरीय बृहत भेलाको आयोजना गरेको छ । स्थानीय सिद्धिपुर पार्टी प्यालेसमा विहान ११ बजेपछि हुनेगरी कार्यक्रमको आयोजना गरिएको हो ।

    त्यसैगरी नेकपा धादिङ्ग काठमाडौ सम्पर्क मञ्चले नेकपाका स्थायी समिति सदस्य तथा प्रचण्ड माधव समूहका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काठमाडौको बालाजुस्थीत गुराँस क्याफेमा दिउँसो १ बजेपछि हुनेगरी कार्यक्रम तय गरिएको छ ।

    नेकपाको भोजपुर काठमाडौ सम्पर्क मञ्चको भेटघाट तथा छलफल कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँ, कोटेश्वरमै आयोजना गरिएको छ । यो कार्यक्रम पनि दिउँसो १ बजे हुने र प्रचण्ड–माधव समूहका नेताले नै सम्वोधन गर्ने जनाइएको छ ।
    प्रचण्ड–माधव समूहले नै आज सबै प्रदेश कार्यालयहरूको संयोजनात्मक बैठक पनि बोलाइएको छ । प्रदेश प्रदेशमा अपनाउने रणनीतिका बारेमा बैठकमा छलफल गरी निर्णय गरिने नेताहरुले बताएका छन् । 

    नेकपाको ओली पक्षले पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा बसुन्धारामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । ओली पक्षीय नेता तथा उप प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे बसुन्धाराको सिमा पार्टी प्यालेसमा भेला आयोजना गरिएको हो ।

    त्यसैगरी नेकपा काठमाडौ क्षेत्र नं.८ ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपाको ओली पक्षको उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला गर्न लागेको छ । यो कार्यक्रम कालिमाटी ब्याङ्क्वेट विहान साँढे ११ बजेपछि हुने तय गरिएको छ ।

    ओलीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बझाङ काठमाडौ सम्पर्क कमिटिले सरकारले घोषणा गरेको निर्वाचनको स्वागत तथा गुटबन्दी प्रतिगामी तत्वको बहिष्कार अभियान सुरु गर्न लागिएको जनाएको छ ।
    अभियान अन्तर्गतको प्रदर्शन कार्यक्रम आज दिउँसो १ बजे आर आर क्याम्पस, प्रदर्शनी मार्गमा हुने भएको छ ।


    शनिवार, पौष ११ २०७७०८:१६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij