काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराउनु भएको छ ।
नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् ।
प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाउनु भएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुईजना मन्त्री हटाइएको छ भने ८ नयाँ मन्त्री नियुक्त भएका छन ।