काठमाडौं । मन्त्रिपरिषद् बैठक बेलुका ८ बजेका लागि सरेको छ ।
साँझ ६ बजेका लागि बोलाइएको बैठक मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको हुँदा ८ बजेका लागि सारिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिनु भएको छ ।
नेकपा ओली समूहका सातजना नेतालाई मन्त्री पदको शपथ ग्रहण गराइँदैछ । उनीहरुलाई सात बजे शपथका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
नेकपा ओली समूहका प्रदेश एकका संयोजक सुवास नेम्वाङले दिएको जानकारीअनुसार डोटीका प्रेम आले, दार्चुलाका गणेश ठगुन्ना, रौतहटका प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी नवनियुक्त मन्त्रीको शपथ लिँदैछन ।
मणि थापालाई पर्यटमन्त्री बनाइँदैछ भने रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ ।