Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली, प्रचण्ड समूह छोडेका रायमाझीलाई कुन मन्त्रालय ?

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली, प्रचण्ड समूह छोडेका रायमाझीलाई कुन मन्त्रालय ?

  • शुक्रवार, पौष १० २०७७

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा ओली, प्रचण्ड समूह छोडेका रायमाझीलाई कुन मन्त्रालय ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उहाँ निकट नेताहरुले बताएका छन् ।

    नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार नै सरकारको पहिलो काम मन्त्रिषरिषद् बिस्तार हुने बताउनुुभएको थियो ।

    प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताउनुुभएको छ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ ।

    नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् । त्यही ठाउँमा ओलीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुुभएको हो । पुनर्गठनमा प्रचण्ड पक्षबाट आएका टोपबहादुर रायमाझीलगायतका केही नेतालाई मन्त्री बनाउने ओलीको तयारी रहेको बुझिएको छ ।

    स्रोतका अनुसार रायमाझीलाई प्रधानमन्त्री ओलीले गृहमन्त्री दिने आश्वासन दिएका थिए । तर, हाल गृहमन्त्री रहहेका रामबहादुर थापा बादल ओली समुहमा आएपछि रायमाझी अफ्ठयारोमा पर्नुभएको छ । यसअघि नै उपप्रधान तथा उर्जामन्त्री भइसकेका रायमाझीले घटुवा भएर मन्त्री खाने सम्भावना पनि नरहेको विश्लेषण गरिएको छ ।

    यद्यपि, ओली उहाँलाई सकेसम्म चित्त बुझ्ने मन्त्रालय दिन राजी भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

     


    शुक्रवार, पौष १० २०७७०४:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij