Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘म ओलीजस्तो जालीझेली छैन’

‘म ओलीजस्तो जालीझेली छैन’

  • शुक्रवार, पौष १० २०७७

  • 854
    SHARES

  • ‘म ओलीजस्तो जालीझेली छैन’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि निरंकुश ढंगले प्रहार गरेको टिप्पणी गर्नुभएको छ । बबरमहलमा भएको आफ्नो समूहको पत्रकार सम्मेलनमा प्रचण्डले ओली ‘जालीझेली’ भएको टिप्पणी गर्नुभयो ।

    अध्यक्ष प्रचण्डले संसद् विघटनको दिन नेपालको इतिहासमा कालो दिन भएको बताउनुभयो । पार्टी फुट्न नदिन आफूले अन्तिमसम्म पनि ओलीलाई आग्रह गरेको तर उहाँले बेइमानी गरेको उहाँको भनाइ छ ।

    ‘हामी निर्वाचनबाट डराएको भन्ने प्रसंग नै आउँदैन । उहाँले जस्तो आफू त्यस्तै अरुलाई ठान्नुभएको होला । त्यो होइन । त्यसो ठानिए ठीक हँुदैन्,’ उहाँले भन्नुभयो ।

    यसअघि प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

    अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको थियो ।
    उनीहरुले सर्वोच्च अदालतमा संसद् विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा ‘हामी यहाँ छौं’ भन्दै धर्नामा बसेका थिए ।
    त्यसपछि उनीहरु प्रदर्शन गर्दै कान्तिपथस्थित निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीहरुसित छलफल गरेका हुन् ।

    पदाधिकारीहरुसितको छलफलमा समूहका अध्यक्ष प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताउनुभएको छ ।

    उहाँले यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताउनुभएको छ ।

    छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नेकपाको विवाद न्यायपूर्ण निरुपण गर्नेमा आश्वस्त पार्नुभएको छ । उहाँले प्रचलित कानुनको परिधीमा रही विवाद निरुपण गर्ने बताउनुभयो ।

    यसै क्रममा संसद् विघटनसँगै उत्पन्न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउनसक्ने भन्दै काठमाडौंमा ३ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।


    शुक्रवार, पौष १० २०७७०३:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij